Home » Blog » रहबर अन्सारीद्वारा पार्टी परित्यागको घोषणा

रहबर अन्सारीद्वारा पार्टी परित्यागको घोषणा

Ankushdaily
0 comment 96 views
विरगंज ।
मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएका छन् ।
अन्सारीले बिहीबार हुलाकमार्फत राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है..’ सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको बताएका छन् ।
साथै उनले साहस, इमान, र जोखिम : तीन वटै कुरा पार्टीले त्यागिसकेको समेत राजीनामापत्रमा उल्लेख गरेका छन् ।
‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु’, रहबरले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.