7
विरगंज ।
विगतमा लोकतन्त्रको रक्षाका लागि कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै सभापति बानियाँले वर्तमान राजनीतिक जटिलता चिर्न पार्टी स्वयं सशक्त हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
यसअघि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग गरेका थिए। उक्त मागलाई पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले सार्वजनिक रूपमै अपनत्व ग्रहण गरेका छन्।
विरगंज ।
देशको सबैभन्दा ठूलो निर्वाचन क्षेत्र (१० क्षेत्र र २० प्रदेश) ओगटेको नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति, पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्न आतुर देखिएको छ। जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले पुस २७ गतेदेखि राजधानीमा सुरु हुन लागेको विशेष महाधिवेशनमा सहभागी हुन आउने सम्पूर्ण प्रतिनिधिहरूलाई स्वागत गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन्।
सभापति बानियाँले एक विज्ञप्ति जारी गर्दै पार्टी विधानको धारा १७(२) बमोजिम ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विधिवत मागका आधारमा बोलाइएको यस भेलालाई ‘दोस्रो ऐतिहासिक विशेष महाधिवेशन’ को संज्ञा दिएका छन्। उनले यो महाधिवेशनले पार्टीको वैचारिक पुनर्जागरण, सांगठनिक सुदृढीकरण र राजनीतिक रूपान्तरणमा कोसेढुंगाको भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
विगतमा लोकतन्त्रको रक्षाका लागि कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै सभापति बानियाँले वर्तमान राजनीतिक जटिलता चिर्न पार्टी स्वयं सशक्त हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले विशेषतः २०८२ भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’ पछि सिर्जना भएको संवैधानिक र राजनीतिक परिस्थितिले पार्टीभित्र वैचारिक स्पष्टता, आन्तरिक लोकतन्त्र र एकताको खाँचोलाई थप उजागर गरेको बताए। उनले पुस २७ र २८ गते भृकुटीमण्डपमा हुने महाधिवेशनले कांग्रेसलाई नयाँ दिशा र ऊर्जा प्रदान गर्ने अपेक्षा राखेका छन्।
यसअघि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग गरेका थिए। उक्त मागलाई पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले सार्वजनिक रूपमै अपनत्व ग्रहण गरेका छन्।
यद्यपि, संस्थापन पक्षले हस्ताक्षर फिर्ता गराउन पहल गर्ने निर्णय गरेसँगै पार्टीभित्रको मतभेद र ध्रुवीकरण सतहमा आएको छ। यस्तो पेचिलो अवस्थाका बीच काठमाडौंमा हुन लागेको यस विशेष महाधिवेशनले नेपाली कांग्रेसको भावी कार्यदिशा, नेतृत्व र रणनीति तय गर्न निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।