Home » Blog » गगन थापालाई सुजाता कोइरालाको बधाई, परिवर्तन स्वीकार्न आह्वान

गगन थापालाई सुजाता कोइरालाको बधाई, परिवर्तन स्वीकार्न आह्वान

Ankushdaily
0 comment 8 views
काठमाडौँ ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै परिवर्तनलाई सकारात्मक रूपमा स्वीकार्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले नेपाली समाज, युवा पुस्ता र आम नागरिकले परिवर्तनको अपेक्षा गरेको उल्लेख गर्दै त्यसलाई खुलेर स्वागत गर्नुपर्ने बताइन्। नेपाली कांग्रेसभित्र आएको नेतृत्व परिवर्तनलाई स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले पार्टी नफुटेको र नयाँ सभापतिको आगमन भएको स्पष्ट पारिन्।
‘आज युवाहरू, नेपाली समाज र जनताले परिवर्तन चाहिरहेका छन्। त्यसैले परिवर्तनलाई मुस्कानसहित आत्मसात् गर्नुपर्छ। नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी एकताबद्ध नै छ। नयाँ सभापति चयन हुनुभएकोमा म बधाई दिन चाहन्छु,’ उनले भनिन्।
उनले नेताहरूलाई परिवर्तनलाई खुसीसाथ स्वीकार्न र कानुनी व्याख्यामा अल्झिनु भन्दा अघि बढ्न आग्रह समेत गरेकी छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.