Home » Blog » सञ्चारमन्त्री खरेलद्वारा चुनाव लड्ने घोषणा

सञ्चारमन्त्री खरेलद्वारा चुनाव लड्ने घोषणा

Ankushdaily
0 comment 34 views
काठमाडौं ।
सुशीला कार्की नेतृत्वको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले २१ फागुनमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्दै संसद् पुग्ने इच्छा व्यक्त गरेका हुन्।
आइतबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै खरेलले आफू अबको चुनावमा कुनै न कुनै क्षेत्रबाट प्रतिनिधित्व गर्दै मैदानमा उत्रिने बताए। संसद् प्रवेश गर्ने आकांक्षा रहेको उनको भनाइ थियो।
खरेल निकट उच्च स्रोतका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने अन्तिम तयारीमा छन्। स्रोतका अनुसार उनले ललितपुरको एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने योजना बनाएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.