Home » Blog » जसपा नेपाल छाडेर पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा–१ बाट बने उम्मेदवार

जसपा नेपाल छाडेर पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा–१ बाट बने उम्मेदवार

Ankushdaily
0 comment 10 views
विरगंज ।
पूर्वमन्त्री एवं निवर्तमान सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशी नेताहरूलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टीमा औपचारिक स्वागत गरेका हुन्। पार्टी प्रवेशसँगै एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रदीप यादवलाई उम्मेदवार बनाउने निर्णय समेत गरेको छ।
यसअघि यादव र सिंह अशोक राई नेतृत्वको जसपा छोडेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए। तर, छोटो समयमै उनीहरूले जसपा नेपालपनि छोडी एमालेको यात्रा तय गरेका हुन्। यसै कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इश्तियाक राई पनि एमालेमा प्रवेश गरेका छन्।
उक्त अवसरमा एमाले केन्द्रीय सदस्य प्रभु हजरा र वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीलगायतको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.