Home » Blog » कांग्रेसद्वारा सबै क्षेत्रमा उम्मेदवारी दर्ता,देशभर नयाँ अनुहारको बाहुल्यता

कांग्रेसद्वारा सबै क्षेत्रमा उम्मेदवारी दर्ता,देशभर नयाँ अनुहारको बाहुल्यता

Ankushdaily
0 comment 5 views
विरगंज ।
नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता सम्पन्न गरेको छ। यसपटकको उम्मेदवारी चयनमा पार्टीले समावेशिता र युवालाई विशेष प्राथमिकतामा राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
तथ्यांक अनुसार, कुल उम्मेदवारमध्ये ६४ प्रतिशत अर्थात् १०६ जना नयाँ अनुहार छन्। “हामीले उम्मेदवार चयन मार्फत नै पार्टी बदलिएको सन्देश जनतामाझ दिएका छौं,” चालिसेले भने। यसैबीच, मुलुकको कार्यकारी तहमा तराईको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएको पार्टीले जनाएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.