Home » Blog » आगामी निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लड्छ : पूर्व सभापति द्विवेदी

आगामी निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लड्छ : पूर्व सभापति द्विवेदी

Ankushdaily
0 comment 78 views
वीरगंज ।
नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रने बताउनुभएको छ । आज नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता द्विवेदीले बल्ल पार्टीले सही दिशा समातेको र आफूले अँगालेको लाइन स्थापित भएकोमा खुसी व्यक्त गरे।
विगतमा आम कार्यकर्ताको भावना विपरीत सभापति शेरबहादुर देउवाले गरेको ‘गठबन्धन’ को निर्णय विरुद्ध आफू उभिएको स्मरण गर्दै द्विवेदीले भने, “त्यो बेला कार्यकर्ताको भावना कदर गर्दै निर्वाचन लडेकोमा मलाई कुनै पश्चात्ताप छैन।” उनले अहिले पार्टी नेतृत्व सही ठाउँमा आएको भन्दै देशभरका कांग्रेसीहरू उत्साहित रहेको चर्चा समेत गरे।
क्षेत्र नं. १ मा अहिले नेपाली कांग्रेसको अवस्था केही कमजोर रहेको उल्लेख गर्दै जीत हासिल गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न सो भेलामा सहभागी कार्यकर्ताहरू गदगद देखिन्थे। कार्यक्रममा प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुंगटा, नेका पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम र विजय सर्राफ लगायतका नेता-कार्यकर्ताहरूले सम्बोधन गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.