Home » Blog » रास्वपा पर्सा–२ को अगुवा भेला सम्पन्न, संगठन सुदृढीकरण र चुनावी रणनीतिमा विशेष जोड

रास्वपा पर्सा–२ को अगुवा भेला सम्पन्न, संगठन सुदृढीकरण र चुनावी रणनीतिमा विशेष जोड

Ankushdaily
0 comments 28 views
वीरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नं. २ मा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। विशेषगरी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा केन्द्रित उक्त भेलाले पार्टीको आगामी राजनीतिक कार्यदिशा समेत तय गरेको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले परम्परागत राजनीतिक शैली नागरिकमैत्री हुन नसकेको टिप्पणी गर्दै अबको आवश्यकता नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति रहेको औंल्याए। भेलामा सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शी अभ्यासलाई पार्टीको मूल एजेन्डाका रूपमा स्थापित गर्दै नागरिकका आवाजलाई संसदसम्म सशक्त रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्तसमेत गरियो।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भेलामा नतिजामुखी रणनीतिका विषयमा गम्भीर छलफल भएको छ। यसअन्तर्गत घरदैलो अभियानलाई तीव्रता दिने, मतदातासँगको प्रत्यक्ष संवाद बढाउने तथा नयाँ र पुराना कार्यकर्ताबीचको समन्वयलाई मजबुत बनाउने कार्ययोजना तयार पारिएको छ। पार्टीले आगामी दिनमा स्थानीय तहमै नागरिकसँग जोडिई जनआधारित राजनीतिलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।

सम्बन्धित पोस्टहरू