Home » Blog » युवा र ‘जेनजी’को भविष्य गगन थापाको नेतृत्वमा मात्र सुरक्षित छ : अनिलकुमार रुँगटा

युवा र ‘जेनजी’को भविष्य गगन थापाको नेतृत्वमा मात्र सुरक्षित छ : अनिलकुमार रुँगटा

Ankushdaily
0 comment 59 views
विरगंज ।
पर्सा क्षेत्र नं १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिलकुमार रुँगटाले आगामी सरकार युवा नेतृत्वमा बन्ने र त्यसले शिक्षा, रोजगारी तथा युवाका मुद्दालाई सम्बोधन गर्ने दाबी गरेका छन्। आज पर्सा क्षेत्र नं १ को सम्पर्क कार्यालयमा आयोजित वृहत् युवा भेलालाई सम्बोधन गर्दै रुँगटाले निर्वाचनपछि पार्टी सभापति गगन थापाको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गरे। उनले आउने सरकारले नयाँ पुस्ता अर्थात् ‘जेनजी’ र युवाहरूको भावना बुझ्ने बताउँदै, आफ्नो र पार्टीको पहिलो प्राथमिकता विदेश पलायन भइरहेका युवाशक्तिलाई रोकेर स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्नु रहेको स्पष्ट पारे।
रुँगटाले विगतका सांसदहरूले पर्साका युवालाई भोट बैंकका रूपमा मात्र प्रयोग गरेको तर उनीहरूको वृत्ति विकासमा सिन्को नभाँचेको आरोप लगाए। आफू निर्वाचित भएलगत्तै पहिलो कामको रूपमा जीर्ण अवस्थामा रहेको नारायणी रंगशालाको पुनर्निर्माण थाल्ने उनले प्रतिबद्धता जनाए। रुँगटाले यदि निर्वाचित भएको ६ महिनाभित्र रंगशाला निर्माणको प्रक्रिया सुरु नभए युवाहरूलाई साथमा लिएर आन्दोलनमा उत्रिने कडा चेतावनी समेत दिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुँगटाले युवा केन्द्रित एजेन्डासहित आफ्नो प्रचारप्रसारलाई तीव्र पारेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.