Home » Blog » सुगौलीमा निर्वाचन लक्षित नेपाली कांग्रेसको वृहत भेला

सुगौलीमा निर्वाचन लक्षित नेपाली कांग्रेसको वृहत भेला

Ankushdaily
0 comment 18 views
विरगंज ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्साको वडा नम्बर २६ अन्तर्गत सुगौलीमा नेपाली कांग्रेसको वृहत चुनावी भेला तथा रणनीतिक छलफल कार्यक्रम भइरहेको छ।
नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति सुरेश कुमारको अध्यक्षतामा आयोजित उक्त भेलामा पार्टीका बुथ समिति सदस्य तथा सक्रिय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। भेला विशेष रूपमा आगामी निर्वाचनका कार्यक्रम र रणनीति तय गर्न केन्द्रित रहेको छ।
कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय कुमार चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्छ। त्यसैगरी विशिष्ट अतिथिका रूपमा कृषि मन्त्री श्याम पटेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप प्रसाद कुर्मी सहभागी हुनुहुन्छ।
भेलामा क्षेत्रीय सभापति मोहम्मद सहाबुद्धिन, नेपाली कांग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ता, ट्रेड युनियन कांग्रेसका नेता सुरेश रौनियार, क्षेत्रीय सचिव रञ्जित पटेललगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
हाल कार्यक्रमस्थलमा नेता तथा कार्यकर्ताहरूबीच निर्वाचन लक्षित रणनीति निर्माणसम्बन्धी छलफल जारी रहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.