Home » Blog » ४०० भन्दा बढी युवा रास्वपामा प्रवेश

४०० भन्दा बढी युवा रास्वपामा प्रवेश

Ankushdaily
0 comment 25 views
वीरगञ्ज ।
वीरगञ्जमा चार सयभन्दा बढी ‘जेनजी’ युवाहरू एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित एक विशेष समारोहका बीच युवा नेता परवेज शेखको नेतृत्वमा उनीहरू पार्टीमा समाहित भएका हुन्।
उक्त अवसरमा कमलेश पटेल, रन्जित साह कलवार, साहिल शेख, सन्नी अलि, आनन्द चौहान, अजय पण्डित, शेख अल्ताफ, प्रियन्जन यादव, सन्जित साह र दानिश शेख लगायतका चार सयभन्दा बढी युवाहरूले रास्वपाको सदस्यता ग्रहण गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै युवा नेता परवेज शेखले मुलुकको परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्र सम्भव रहेको बताए। उनले सुदन गुरुङ र पुरुषोत्तम यादव जस्ता प्रभावशाली ‘जेनजी’ नेताहरू यसअघि नै रास्वपामा आबद्ध भइसकेको सन्दर्भ उल्लेख गर्दै, रास्वपाले नै ‘जेनजी’ आन्दोलन र युवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने जिकिर गरे। उनले अब पर्सामा रास्वपालाई विजयी गराउन सम्पूर्ण ‘जेनजी’ शक्ति एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले युवाहरू नै आफ्नो वास्तविक सम्पत्ति भएको धारणा राखे। चुनाव लड्नका लागि उर्जावान युवा शक्तिको साथ पाएकोमा आफू उत्साहित रहेको बताउँदै, उनले आगामी निर्वाचनमा जित सुनिश्चित रहेको दाबी गरे।
सभापति पन्तले निर्वाचनका क्रममा हुन सक्ने आर्थिक चलखेल र विकृतिलाई कानुनसम्मत तरिकाले रोक्न तथा निगरानी गर्न नवप्रवेशी युवाहरूलाई निर्देशनसमेत दिए। रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलमको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.