Home » Blog » रास्वपा पर्सा क्षेत्र नं. १ द्वारा सक्रिय सदस्यहरूसँग अन्तरक्रिया, भ्रष्टाचार र कुशासनविरुद्ध ब्यालेटबाट विद्रोह गर्ने उद्घोष

रास्वपा पर्सा क्षेत्र नं. १ द्वारा सक्रिय सदस्यहरूसँग अन्तरक्रिया, भ्रष्टाचार र कुशासनविरुद्ध ब्यालेटबाट विद्रोह गर्ने उद्घोष

Ankushdaily
0 comment 24 views
विरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले निर्वाचन क्षेत्र नम्बर १ का सक्रिय सदस्यहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त अवसरमा आगामी निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका हरेक तह र तप्काका सदस्यहरूले निर्वाह गर्नुपर्ने भूमिका र रणनीतिका विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा उपस्थित सक्रिय सदस्यहरूले आ-आफ्नो तर्फबाट पार्टी निर्माण र चुनावी सफलताका लागि विभिन्न दृष्टिकोण तथा रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए।
सहभागीहरूका जिज्ञासा र सुझावहरूलाई सम्बोधन गर्दै रास्वपा पर्साका जिल्ला सभापति एवं क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले प्राप्त जायज सुझावहरूलाई पार्टीले उच्च प्राथमिकताका साथ ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे। सभापति पन्तले आगामी फागुन २१ गते नेपाली जनताले समाजमा जकडिएर रहेको भ्रष्टाचार, कुशासन, अनियमितता र नातावाद-कृपावाद विरुद्ध ब्यालेट (मतदान) मार्फत कडा जवाफ दिने दाबी गरे। उनले कार्यक्रममा पार्टी सदस्यहरूको बाक्लो र उत्साहजनक उपस्थितिले आफू र पार्टीलाई ठुलो हिम्मत प्रदान गरेको बताउँदै यसपटक पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित रहेको उद्घोष समेत गरे।
सयौँको संख्यामा रास्वपा शुभेच्छुक तथा कार्यकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व वीरगन्ज महानगर सभापति अमन आलमले गरेका थिए। जिल्ला सह-सचिव कृष्ण पासवानले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्य र नेता फैयाद मिया लगायतका स्थानीय नेतृत्वको समेत प्रभावशाली उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.