[nepali_today_date]
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद
Ankush Daily
Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

वीरगन्जको व्यापारिक मेरुदण्ड नै भाँचियो : सांसद सुशील कानु

बैना लिएर जग्गा नदिएको आरोपमा अञ्जु देवी र मयंक केडियाविरुद्ध प्रशासनमा उजुरी

पथलैया-अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

‘मोबाइल’को निउँमा भनाभन हुँदा …

गर्छिन पुकार आमा, रोईकराई जोडले …

५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो...

रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

बन्द रहेको श्री राम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गर्दै मन्त्रालयमा...

बालेन सरकारको निर्णयमाथि गम्भीर प्रश्न : सिटिईभीटीबाट भट्टराई किन हटाइए, सफिउल्लाह कसरी...

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

अदालत र नागरिकबीचको दूरी घटाउँदै जनकपुरमा ऐतिहासिक ‘न्यायिक महोत्सव’ सम्पन्न

नवीनतम व्यापार समाचार

    समाचार

    पर्सा प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

    Ankushdaily बैशाख ३०, २०८३
    written by Ankushdaily

    वीरगञ्ज (पर्सा), ३० वैशाखः

    जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यो भवनबाट लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीको क्षमता विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाट लक्षित समूहलाई सेवा प्रवाह गर्नका लागि छुट्टै भवन हुनु निकै सह्रानीय विषय हो”, उहाँले भन्नुभयो, “यसले सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा लिन पनि सहयोगी हुने अपेक्षा राखेको छु ।” महानिरीक्षक कार्कीले नेपाल प्रहरीका अझै पनि एक हजार ३५६ वटा अस्थायी चौकीका भवन अपर्याप्त रहेकाले पनि व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो । “सर्वसाधारणले प्रहरीचौकी चाहियो भनेर निकै माग गर्नुहुन्छ ।

    प्रहरीचौकी निर्माणका लागि सहयोगी हात भने अपेक्षित ढङ्गमा आउन सकिरहनुभएको छैन । जसले गर्दा अधिकांश चौकीमा आधारभूत सेवासुविधा प्रदान गर्न पनि समस्या भइरहेको छ”, उहाँले भन्नुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सेवाकेन्द्रले लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्नका लागि अनुरोध गर्नुभयो । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसअन्तर्गत यो भवन निर्माण गरिएको हो । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसका पूर्वाधार म्यानेजर शिशिर उपाध्यायले रू दुई करोड ४८ लाखको लागतमा भवन तयार पारेर जिल्ला प्रहरी कार्यालय पर्सालाई हस्तान्तरण गरेको बताउनुभयो । “यो भवनबाट पक्कै पनि लक्षित समूहले सेवा प्राप्त गर्नका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो, “यो भवन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री भवन भएकाले पनि सेवा प्रवाहमा सहज हुने आशा र अपेक्षा राखेका छौँ ।” भवन भने एक हजार ४०० वर्गफिट क्षेत्रफल रहेको छ ।

    भवन निर्माणको काम भने रोयल कन्स्ट्रक्सन कैलालीले गरेको हो । युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिस (युएनओपिएस) का अपरेसन कोर्डिनेटर इन्द्र न्यौपानेले युएनओपिएसले १५ जिल्लामा १५ वटा भवन निर्माण गरेको बताउनुभयो । अहिलेसम्म आठ वटा यस्ता भवनको उद्घाटन भइसकेको छ भने अन्य सात स्थानमा अन्तिम चरणमा पुगेको छ । सो कार्यालयले कोशी प्रदेशमा तालिम सेन्टरसमेत निर्माण गरेको जनाएको छ । नेपाल प्रहरी मधेस प्रदेश प्रमुख गोविन्द थपलियाले यस्ता प्रकारका भवनले सेवाग्राहीलाई सहज सेवा प्राप्त गर्न सघाउ पुर्‍याउने बताउनुभयो ।

    बैशाख ३०, २०८३ 0 comments 1 views
  • Top News

    वीरगन्जको व्यापारिक मेरुदण्ड नै भाँचियो : सांसद सुशील कानु

    Ankushdaily बैशाख ३०, २०८३
    बैशाख ३०, २०८३ 59 views

    वीरगन्ज । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले बुधबारको प्रतिनिधि सभा बैठकमा …

    FacebookTwitterWhatsappTelegramEmail
  • Top News

    बैना लिएर जग्गा नदिएको आरोपमा अञ्जु देवी र मयंक केडियाविरुद्ध प्रशासनमा उजुरी

    Ankushdaily बैशाख २९, २०८३
    बैशाख २९, २०८३ 443 views

    वीरगञ्ज । पर्साको वीरगञ्जमा करोडौँको जग्गा कारोबारलाई लिएर गम्भीर आर्थिक विवाद सतहमा आएको छ। सम्झौताअनुसार …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    पथलैया-अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

    Ankushdaily बैशाख २९, २०८३
    बैशाख २९, २०८३ 20 views

    वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया-अमलेखगञ्ज सडक विस्तारका क्रममा आठ किलोमिटर दूरीमा जनावर …

    FacebookTwitterWhatsappTelegramEmail
  • मुख्य समाचार

    ‘मोबाइल’को निउँमा भनाभन हुँदा …

    Ankushdaily बैशाख २९, २०८३
    बैशाख २९, २०८३ 21 views

    चितवन, २९ वैशाखः धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ …

    FacebookTwitterWhatsappTelegramEmail
  • विचार

    गर्छिन पुकार आमा, रोईकराई जोडले …

    Ankushdaily बैशाख २९, २०८३
    बैशाख २९, २०८३ 11 views

    (स्तम्भकार कुमार रुपाखेती) स्व. कवि म.वि.वि. शाहको मत हुने कविता “गर्छिन पुकार आमा रोई कराई …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    ५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो नैतिकताको प्रश्न

    Ankushdaily बैशाख २८, २०८३
    बैशाख २८, २०८३ 360 views

    वीरगञ्ज । नेपालकै प्रतिष्ठित व्यापारिक घराना मानिने केडिया अर्गनाइजेसन यतिबेला सम्पत्ति र पैसाको लोभका कारण …

    FacebookTwitterWhatsappTelegramEmail
  • राजनीति

    रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

    Ankushdaily बैशाख २८, २०८३
    बैशाख २८, २०८३ 86 views

    विरगंज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा पर्साका दुई प्रभावशाली नेताहरू रमेश …

    FacebookTwitterWhatsappTelegramEmail
  • मुख्य समाचार

    बन्द रहेको श्री राम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गर्दै मन्त्रालयमा निवेदन

    Ankushdaily बैशाख २८, २०८३
    बैशाख २८, २०८३ 46 views

    विरगंज । रौतहटको गरुडास्थित ऐतिहासिक तथा आर्थिक महत्त्वको श्री राम सुगर मिल्स लिमिटेड पुनः सञ्चालनको …

    FacebookTwitterWhatsappTelegramEmail
  • समाचार

    बालेन सरकारको निर्णयमाथि गम्भीर प्रश्न : सिटिईभीटीबाट भट्टराई किन हटाइए, सफिउल्लाह कसरी जोगिए ?

    Ankushdaily बैशाख २७, २०८३
    बैशाख २७, २०८३ 62 views

    विरगंज । सरकारले अध्यादेशमार्फत विभिन्न निकायमा राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना …

    FacebookTwitterWhatsappTelegramEmail
  • 1
  • 2
  • 3
  • …
  • 1,079

Categories

  • abc (92)
  • Top News (1,458)
  • अन्तर्राष्ट्रिय (543)
  • अन्तर्वार्ता (2)
  • खेलकुद (317)
  • फोटो फीचर (23)
  • बिजनेस (164)
  • भिडियाे (2)
  • मनोरन्जन (60)
  • मुख्य पृष्ठ (2)
  • मुख्य समाचार (1,843)
  • राजनीति (752)
  • विचार (148)
  • समाचार (6,547)

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

  • अध्यक्ष :- दिपेन्द्र चाैहान
  • सम्पादक :- बिकाश चाैहान
  • सम्वादाता :- सन्तोष रंजितकार
  • ९८५५०२२५४६
  • ankushmedia1@gmail.com
  • दर्ता नं: २०९१
  • घणटाघर, रेड क्रस बिल्डिङ – ९, विरगंज, नेपाल

उपयोगी लिङ्कहरू

  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद

ताजा खबर

‘मोबाइल’को निउँमा भनाभन हुँदा …
गर्छिन पुकार आमा, रोईकराई जोडले …
५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो नैतिकताको प्रश्न
रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.

Ankush Daily
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • बिजनेस
  • विचार
  • मनोरन्जन
  • खेलकुद