Home » Blog » जसपा औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता

जसपा औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता

अंकुश दैनिक
0 comment 4 views

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा औपचारिकरुपमा दर्ता भएको छ । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता केशव झाले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ ।

सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । डा बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोलाई वरिष्ठ नेताका रुपमा हुनुहुन्छ । दल दर्ताका लागि जनता समाजवादीका नेताहरु ठाकुर, यादव, डा भट्टराई, महतोलगायत शीर्षस्थ नेताहरु आज साँझ निर्वाचन आयोग पुग्नुभएको थियो । पार्टीका अन्य पदाधिकारी र सदस्यको थप छलफल गरी टुङ्गो लगाइने राजपाका नेता राजेन्द्रप्रसाद श्रष्ठले बताउनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.