Home » Blog » ओली सरकारको विरोधमा वीरगंजमा सर्वपक्षिय धर्ना

ओली सरकारको विरोधमा वीरगंजमा सर्वपक्षिय धर्ना

अंकुश दैनिक
0 comments 5 views

संतोष रन्जितकार
वीरगंज, १५ असार ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको पहलमा नागरिकता विधेयकको विरोधमा सोमबार वीरगंजमा प्रदर्शन गरिएको छ । नागरिकता विधेयकको बिरोध गर्दै नागरिक समाज र विभिन्न जातीय एवं वर्गीय संगठनले वीरगंजको घण्टाघरमा धर्ना कार्यक्रम गर्दै विधेयकलाई फिर्ता लिन सरकारलाई दबाब दिएको छ । दिउंसो १ बजेदेखि ४ बजेसम्म चलेको धर्ना कार्यक्रममा सहभागी जातीय तथा वर्गाीय संगठनका अगुवा नेताहरुले नागरिकता विधेकको चर्को विरोध गर्दै अविलम्ब विधेयक फिर्ता लिन संघीय सरकारलाई चेतावनी समेत दिएका छन् ।

धर्ना कार्यक्रममा सहभागी वक्ताहरुले राष्ट्रवादी भनाउने ओली सरकारले विभेदकारी नागरिकता विधेयक ल्याइ नेपाल र भारत बीच रहेको धार्मिक, भौगोलिक आधारित सदियौ देखिको वैवाहिक तथा सांस्कृतिक सम्बन्धलाई समाप्त पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका थिए । कार्यक्रममा सहभागी स्थानीय नेताहरुले नागरिकता विधेयक फिर्ता नगरिए आन्दोलनबाट उत्पन्न अप्रत्यासित अवस्थाको सम्पूर्ण जिम्मेवारी सरकारले नै व्यहोर्नु पर्ने चेतावनी दिएका थिए ।
कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विधेयक जारी गरी सदियो देखीको भारत र नेपाल बिचको सम्बन्ध बिगार्न खोजेको सहभागिहरुको आरोप रहेको थियो ।
बिरोधको कार्यक्रममा नागरिक अभियान पर्सा, नेपाल कुशवाहा कल्याण समिति, वीरगंज रौनियार समाज, नेपाल ब्राहमण समाज, गोपाल सेवा समिति पर्सा, मदर्सा अर्गनाइजेशन अफ नेपाल पर्सा, कवाड व्यवसायी संघ पर्सा लगायतका संघसंस्थाहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका संघिय सांसद प्रदिप यादव, नेपाली कांग्रेसका प्रदेश सभासद राजेशवर प्रसाद साह, ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका पर्साका जिल्ला सचिवद्वय श्याम पटेल, किशोरी साह, नेता अनिल रु·टा,नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, पर्साका सभापति श्याम बन्जारा,महानगरपालिका कार्यपालिका सदस्य अरविन्द गुप्ता, डा.सुष्मा तिवारी, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, शशिकपुर मियाँ, सिपु तिवारी, रामनरेश यादव, तबरेज अहमद, सुन्दरकुर्मी, महानगरपालिका कार्यपालिका सदस्य अरविन्द गुप्ता, डा.सुष्मा तिवारी, सरार्फ, मुकेश द्विवेदी, नागरिक समाजका डा. दिपक साक्य, प्रमोद सरार्फ लगायत सयौंको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू