Home » Blog » संसद विघटन विरुद्ध नेपाली कांग्रेसद्वारा देशव्यापी रुपमा प्रदर्शन, पर्साका १४ वटै पालिकाहरुमा विरोध तथा र्‍याली प्रदर्शन

संसद विघटन विरुद्ध नेपाली कांग्रेसद्वारा देशव्यापी रुपमा प्रदर्शन, पर्साका १४ वटै पालिकाहरुमा विरोध तथा र्‍याली प्रदर्शन

अंकुश दैनिक
0 comments 6 views

संतोष रन्जितकार
वीरगंज, ३ माघ ।
संसद विघटन विरुद्ध नेपाली कांग्रेसले देशैभरिका पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । संसद पुर्नस्थापनाको माग गर्दै नेपाली कांग्रेसले देशैभरिका ७ सय ५३ स्थानिय तहहरुमा प्रदर्शन गरेको हो ।
सोही विरोध कार्यक्रम अन्तर्गत पर्साको १४ वटा पालिकाहरुमा पनि प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीसँग हुँदै नभएको अधिकार प्रयोग गरि भएको संसद विघटनको कदम असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस आन्दोलित छ । शनिबार पर्साका १४ वटा पालिकामा रहेको कार्यसमितिहरुले आ ( आफ्ना पालिकाहरुमा प्रदर्शन गरेका हुन् ।
केन्द्रिय कार्यक्रम अनुसार भएको दोस्रो चरणको आन्दोलन अन्तर्गत बीरगन्जमा विरोध र्याली निकालिएको थियो ।
नेपाली का·्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृवमा पार्टीले बीरगन्ज महानगरपालिकामा वृहत र्‍यालीसहितको विरोध प्रदर्शन गरेको हो ।
घण्टाघरबाट सुरु भएको र्‍याली नगरको विभिन्न स्थान पुगेर पुन: घण्टाघरमा कोणसभामा परिणत भएको थियो । र्‍यालीमा प्रधानमन्त्री ओली, राष्ट्रपति भण्डारी र नेकपा सरकार विरुद्ध कांग्रेसका कार्यकर्ताहरुले चर्को नाराबाजी समेत गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले प्रधानमन्त्री ओली निरंकुशता तर्फ उन्मुख भएको आरोप लगाएका थिए ।
संविधानको धज्जी उडाउँदै गरिएको संसद विघटनको कदम असंवैधानिक भएको वक्ताहरुको प्रतिक्रिया थियो ।
र्‍यालीमा पूर्वमन्त्री अजय चौरसिया, प्रदेशसभा सदस्य ओमप्रकाश सर्राफलगायत पार्टीका अन्य नेता कार्यकर्ता, विद्यार्थी स·ठनका सदस्यहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्टहरू