Home » Blog » माधव-झलनाथ पक्षले ओलीलाई दियो भाेली बिहान ९ बजेसम्मको अल्टिमेटम

माधव-झलनाथ पक्षले ओलीलाई दियो भाेली बिहान ९ बजेसम्मको अल्टिमेटम

अंकुश दैनिक
0 comments 5 views

काठमाडौँ।

नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहले पार्टी एकताको अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको छ ।

बैठकले पार्टी एकताको प्रयासलाई अन्तिम रूप दिने दायित्व एमाले अध्यक्ष केपी ओलीको नै रहेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।

बैठकको निर्णय सुनाउँदै नेता भट्टराईले आफूहरूले पार्टीलाई पूर्ववत् अवस्थामा नै अर्थात् २०७५ जेठ २ को अवस्थामा फर्काउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको, एकताको प्रयास गर्न भनेको उल्लेख गर्दै सहमतिको प्रतिबद्धता जनाए विश्वासको मतका पक्षमा मतदान गर्ने जनाए ।

त्यसका लागि सोमबार बिहान ९ बजेसम्मको समय प्रधानमन्त्रीलाई दिइएको उनले सञ्चारकर्मीहरूसँगको संवादमा भनेका छन् ।

‘९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिनेछौं’,उनले भने,  ‘सांसदहरुलाई भोलि बिहान साढे नौ बजे संसद सचिवालयमा बोलाएका छौँ। त्यतिबेलासम्म हामी पर्खिन्छौँ,त्यसपछि निर्णय लिन्छौँ।’

सम्बन्धित पोस्टहरू