Home » Blog » प्रधानमन्त्री ओलीलाई कारवाही गर्न प्रचण्डको मांग

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न प्रचण्डको मांग

अंकुश दैनिक
0 comments 4 views

काठमाडौं ।

प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि(विहीबार)हुन गइरहेको उप-निर्वाचनमा रामबहादुर थापालाई विजयी गराउन भनी गरिएको अपिलप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाउदै कारवाहीको समेत माग गरेका छन् ।

वागमती प्रदेशका एमाले उम्मेद्वार थापालाई विजयी बनाउन मतदातालाई गर्नुभएको अपिलप्रति ध्यानाकर्षण भएको जनाउँदै ओलीले आचार संहिताको उल्लघंन गर्नुभएको प्रचण्डको भनाइ छ ।

जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसक्दा पनि प्रधानमन्त्रीले नै यस्तो कार्य गर्नु निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा भएको प्रचण्डको भनाइ छ ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले वुधवार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।’

प्रचण्डले मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको र यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? भनी प्रश्न गरेका छन् । उनले भनेका छन्,‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।’

सम्बन्धित पोस्टहरू