Home » Blog » प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ :- जसपा(ठाकुर-महतो पक्ष)

प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ :- जसपा(ठाकुर-महतो पक्ष)

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ-महतो पक्ष नयाँ सरकार गठनमा आफुहरु प्रधानमन्त्री ओलि विरुद्ध नजाने भएको छ ।

ठाकुर-महतोले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए ।

यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

सम्बन्धित पोस्टहरू