Home » Blog » फोरम नेपालद्वारा जन्मसिद्धका सन्तालाई बंशज नागरिकता मा“ग

फोरम नेपालद्वारा जन्मसिद्धका सन्तालाई बंशज नागरिकता मा“ग

अंकुश दैनिक
0 comment 17 views

वीरगन्ज,  असार ।  जन्मसिद्ध नागरिकता पाएकाको सन्तानलाई बंशजको आधारमा नागरिकता दिन संघीय समाजवादी फोरम नेपालले माग गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउदै नेपाल सरकार संग २०६३ सालमा जन्मसिद्ध नागरिकता पाएकाको सन्तानलाई बंशज नागरिकता माग गरेको हो ।
संघीय समाजवादी फोरक नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाउदै संविधानमा जन्मसिद्ध नागरिकता लिएकाको सन्तानलाई बंशजको नाताले नागरिकता दिने व्यवस्था भएपछि मधेसीसंग पूर्वग्रहभई नागरिकता वितरणमा रोक लगाएकाले लगाइएको रोकलाई चा“डै हटाई बंशजको नाताले नागरिकता वितरण गर्न माग गर्नु भयो ।
अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनमा नेपालको संविधानको धारा ११ उपधारा २ को ख अनुसार कुनै पनि व्याक्तिको जन्म हुदाको बखत नीजको बुबा वा आमा नेपालको नागरिक रहे सन्तानले बंशज नागरिकता पाउने व्यवस्था भएपनि सरकारले पूर्वँग्रही भई संविधानमा उल्लेख भए अनुसार नगरेको उल्लेख गरिएको छ ।
नेपालको नया“ संविधानमा स्पष्ट प्रावधान हुदा हुदै पनि राज्यको पुर्वाग्रहका कारण मधेसमा जन्मसिद्ध नागरिकता लिएकाहरुको छोराछोरीहरु, नागरिकता नपाएका कारण मतदाता हुने योग्यता पुगेर पनि मताधिकारबाट बन्चित भएको , वैदेशीक शिक्षामा जान नपाएको र स्वदेशमै पनि रोजगारबाट बन्चित हुनु परेको भन्दै फोरम नेपालले अब प्रदेश नम्बर २ मा असोज २ का लागि तय गरिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने गरि जन्मसिद्ध नागरिकता भएकाहरुको छोराछोरीहरुलाई बंशजको आधारमा नागरिकता दिन सरकारसंग माग गरेको विज्ञप्तीमा उल्लेख भएको छ । फोरम नेपालले अघि सारेको माग सरकारले चा“डै पुरा नगरे सोको विरोधमा आन्दोलनमा उत्रीने ज्ञापनमा जनाइएको छ ।
ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले फोरम नेपालले उठाएको मुद्धा जेन्युन रहेको बताउनु भयो । उहाले फोरम नेपालको माग नीतिगत कुरा भएकाले आफुले फोरम नेपालको ज्ञापन पत्रलाई नीति निर्माणको तहमा बसेकाहरु समक्ष पुर्याइदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.