Home » Blog » वीरगंजमा नेकपा एमालेको शक्ति प्रदर्शन

वीरगंजमा नेकपा एमालेको शक्ति प्रदर्शन

अंकुश दैनिक
0 comments 7 views

वीरगंज, २७ वैशाख/
नेकपा एमालेले वीरगंजमा विशाल शक्ति प्रदर्शन गरेको छ ।
मौन अवधि शुरू हुनु भन्दा केहि घण्टा अघि मंगलवार दिउंसो नेकपा एमाले एवं गठबन्धन लोसपा र राप्रपा नेपालका हजारौं नेता कार्यकर्ताको सहभागितामा मंगलवार संयुक्त जुलूस प्रदर्शन गर्दै नगर परिक्रमा गरेको थियो ।

वीरगंजको घण्टाघरबाट शुरू भई माइस्थान, आदर्शनगर, अलखिया मठ लगायतका स्थानमा नेकपा एमाले जिन्दावाद, विजय सरावगी जिन्दावाद सूर्य छाप जिन्दावाद भन्दै प्रदर्शन गरेका थिए ।

ऱ्यालीपछि आयोजित कोणसभामा नेकपा एमालेका नेता ईश्वर पोखरेल लगायतले संबोधन गरेका थिए ।

सम्बन्धित पोस्टहरू