Home » Blog » बैंकि· मुद्दाका फरार व्यक्ति प्रहरीको फन्दामा

बैंकि· मुद्दाका फरार व्यक्ति प्रहरीको फन्दामा

अंकुश दैनिक
0 comments 5 views

संतोष रन्जितकार
वीरगंज, १७ असार ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले संचालन गरेको मारुति नन्दन एग्रो इण्डट्रिज प्रा.लि.बाट जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१ घरभई हाल जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.४ गढीमाई सप्लायर्सका संचालक वर्ष ४९ को दशरथ ठाकुर हजामले रू.४५,००,०००।– ( पैतालिस लाख) को उधारो कारोवार गरी फरार रहेको पर्सा प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार कसुरदार पक्राउ गरेको छ ।
प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका कसुरदार वीरगञ्ज महानगरपालिका–१ घर भई हाल चितवन भरतपुर महानगरपालिका–४ गढीमाई सप्लायर्सका संचालक दशरथ ठाकुर हजामलाई पक्राउ गरेको हो । ४५ लाखको उधारो कारोबार गरी फरार रहेका उनलाई उच्च अदालत पाटन हेटौँडा इजलासबाट १२ लाख २६ हजार जरिवाना र ७ दिनको कैद तोकेको थियो।
फरार रहँदै आएका हजामलाई बिरगंज वडा प्रहरी कार्यालय का प्रमुख प्रहरी निरीक्षक बिशाल माल्ल को कमाण्ड मा खटी गएको टोली ले निज लाई वीरगञ्ज महानगरपालिका–१ छपकैयाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित पोस्टहरू