संतोष रन्जितकार
वीरगंज, १८ असार ।
पर्साको पोखरिया नगरपालिकाका जनप्रतिनिधी र क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साबिच भेटघाट तथा छलफल भएको छ । क्रियाशिल युवा पत्रकार मञ्च पर्साका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा आयोजित सो भेटघाट कार्यक्रममा जनप्रतिनिधी र पत्रकारको समन्वय र सहकार्यका बारेमा छलफल भएको हो ।
कार्यक्रममा मञ्चले नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहान, उपप्रमुख रुबी कुमारी ठाकुरसहित १० वटै वडाअध्यक्षहरुलाई खादा र बधाई पत्रका साथ सम्मान समेत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौहानले राष्ट्रको चौथो अंग मानिएका पत्रकारले समाजका बिकृति एवम् बिसंगतीको बिरुद्धमा कलम चलाउनुपर्ने बताए । हालसम्म भएका विभिन्न व्यवस्था तथा अवस्था परिवर्तनमा पनि पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै चौहानले क्रियाशिल युवा पत्रकार मञ्चलाई पनि नामजस्तै क्रियाशिल रहन सुझाव दिएका थिए ।
नगरप्रमुख चौहानले पोखरिया नगरपालिकालाई राजनीतिक एवम् आर्थिक रुपमा दलहरुले उपेक्षा गर्दै आएको आरोप लगाए । पोखरिया नगरपालिका भित्रका सम्भावनाहरुलाई कलममार्फत उजागर गर्न उनले पत्रकारहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष आनन्द पटेल, सचिव अरविन्द पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्यहरुमा आदित्य कुमार शर्मा, सुनिल कुमार ओझा, ओमप्रकाश सर्राफ, कन्हैयालाल बर्णवाल लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
7