Home » Blog » संघीय समाजवादी फोरमको अगुवा कार्यकर्ता भेला सम्पन्न

संघीय समाजवादी फोरमको अगुवा कार्यकर्ता भेला सम्पन्न

अंकुश दैनिक
0 comment 6 views

वीरगंज,  साउन ।  संघीय समाजवादी फोरम नेपाल को उदयपुर घुर्मि वडा नं.२७ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
फोरम नेपाल पर्साकाको उदपुर घुर्मिबडा समितीका अध्यक्षको सभापतित्व एवम पार्टीका नेता सुन्दर कुर्मिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरपालीकाको चुनावमा पार्टीका मेयरका उमेदवार विजय सरावगी लगायत सबै पदका उम्मेदवारहरुलाइ अत्यधिक मदले बिजय बनाउने घोषणा गरिएको छ ।
बिहिबार बिहान भएको कार्यक्रममा बोल्दै नेता सुन्दर कुर्मिले एमाले,नेपाली कांग्रेस तथा नेकपा माओवादीले मधेसको जनताका चाहना विपरित कार्य गरेकोले स्थानिय चुनावमा फोरम नेपालका उम्मेदवारहरुलाइ अध्यधिक मतले बिजयी बनाउन अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेशका कोषाध्यक्ष एवम मेयरका उम्मेदवार विजय सरावगीले उच्च मनोवलका साथ चुनावको तैयारीमा लाग्न सम्पुर्ण कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.