संतोष रन्जितकार
वीरगंज, १८ असार ।
पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको ९९ औं जन्म जयन्तीको अवसरमा फलफूल बितरण गरिएको छ । गिरिजा प्रसाद कोईराला फाउन्डेसन वीरगंज पर्साको आयोजनामा शनिबार वीरगंजस्थित नारायणी अस्पतालमा फलफुल वितरण गरिएको हो ।
फाउन्डेसनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली का·्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री रहेका थिए ।
नारायणी अस्पतालमा रहेका १८५ बिरामिहरुलाई केरा, स्याउ, बिस्कुट, अन्डा र फ्रुटी सहितको प्याकेट बितरण गरिएको थियो । जन्म जयन्तीको अवसरमा आइतबार बिहान मानवसेवा आश्रम वीरगंजमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ भने सोमबार ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको फाउन्डेसनका अध्यक्ष सहाबुदिनले जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाली का·्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ, नेपाली का·्रेस पर्साका उपाध्यक्ष अशोक कुमार गुप्ता, नेपाली का·्रेसका नेता श्याम पोख्रेल, नेपाली का·्रेसका नेता दिना प्रसाद गुप्ता, महाधिवेशन प्रतिनिधि श्याम पटेल, नेपाली का·्रेस क्षेत्र न. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, पुर्व जिल्ला सहसचिव रोशन लामिछाने, नगर उपसभापति सन्तोष गुप्ता, सहसचिव दिपक कुमार साह, ओम कृष्ण लामिछाने, वडा न. ६ का पुर्व वडा अध्यक्ष धुर्व नेपाल, वडा न.४ का वडा अध्यक्ष जगत प्रसाद साह कानुलगायत विभिन्न संघसंस्थाका ब्यक्ति बिशेषको सहभागीता रहेको थियो ।
5