संतोष रन्जितकार
वीरगंज, १८ असार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलले साइबर अन्तर्गत हुने अपराधिक क्रियाकलाप सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्र कुम्हालटोलकी उपाध्यक्ष सन्ध्या भट्टको अध्यक्षतामा मेरिगोल्ड बोर्डि· स्कुलमा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
वीरगंज महानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष हिराकाजी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा मेरिगोल्ड बोर्डि· स्कुलमा अध्यनरत कक्षा ९ र १० का बिद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले साइबर क्राइम अन्तर्गत हुने अपराध बारे प्रशिक्षण दिएका थिए ।
उनले इन्टरनेटलाई सदुपयोग हुने ठाउँमा मात्र प्रयोग गरौ यसको दुरुपयोग गरि गलत कार्य गर्ने कार्य नगर्न सबैमा आग्रह गरेका थिए । ईन्टरनेट माध्यमबाट यौनजन्य चित्र, सन्देश, भिडियो पठाउनु, खराब मनसाय बोकेको ब्यक्तिहरुले त्यस्ता क्रियाकलाप उत्प्रेरित गराउन यस्ता नराम्रो किसिमको मेसेज पठाउने, समाजिक संजाल तथा ईन्टरनेटको माध्यमबाट विभिन्न कारण देखाइ डर त्रास देखाउने, हेप्ने, धम्क्याउने, गलत कुरा फैलाउने, बेइज्जत गर्ने, हिनताबोध गराउने जस्ता क्रियाकलापहरु आफु पनि नगर्ने र अरुलाई पनि नगर्न सल्लाह दिने तथा कसैले आफुलाई त्यस्तो गरेमा सम्बन्धित निकाय तथा प्रहरीलाई खबर गर्ने बताएका थिए । उनले यस्तो क्रियाकलापहरु बिद्यार्थीहरुमा बढी हुने पाइएकोले सवधानी अपनाउन समेत मल्लले बताउनु भएको थियो ।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाटोलका सल्लाहकार तथा मुनलाइट बोर्डि· स्कुलका श्याम केसी, कंचनज·ा बोर्डि· स्कुलका निर्देशक एवम सामुदायिक प्रहरी सेवाकेन्द्र कुम्हालटोल सल्लाहकार मार्टिन मोक्तान, मेरिगोगोल्ड बोर्डि· स्कुलका प्रधानाध्यापक रबी कोइराला, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलका उपाध्यक्ष सन्जु दहाल, सचीव श्रावण रायमाझी, प्रहरी हवल्दार सन्ध्या गुरौ, प्रहरी जवान कुमार बिक लगायतका सहभागिता रहेको थियो ।
4