सत्येन्द्र प्रताप सिंह
रौतहट, १८ असार ।
घरेलु तथा साना उद्योग कार्यालय रौतहट गौर को आयोजना मा १० दिने उधम शिलता तालिम कार्यालयको तालिम हांलमा सम्पन्न गरेको छ । गौर नगर प्रमुख शम्भु साह को प्रमुख आतिथ्य र उद्योग अधिकृत जयकान्त झा को अध्यक्षता मा सम्पन्न उक्त तालीम मा महिला र पुरुष समेत गरि ५९ जना को सहभागिता रहेको थियो । सो तालिममा ५६ जना महिला र ३ जना पुरुष सहभागी भएका थिए ।
सो अबसरमा नगर प्रमुख साहले विभिन्न तालिमको माध्यम ले बेरोजगार युबा युवती हरुलाई आत्म निर्भर बनाउने मेरो प्रयास जारी रहेको भन्दै वहाँ ले गौर नगरपालिका बाटपनि अब आउने दिनमा बेरोजगार युबा र युवतीलाई विभिन्न तालीम दिई आत्म निर्भर बनाउने भनी प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै उद्योग अधिकृत जयकान्त झा ले यस कार्यालय बाट सीप सिकेर धेरै महिला तथा पुरुष आत्म निर्भर भै आफ्नो ब्यबसाय सन्चालन गरेका छ्न ।आफ्नो ब्यवसाय कसरी बढाउने बिजिनेस गर्नु अगावै नाफा तथा नोक्सानी कसरी निकाल्ने वारे जानकारी दिदैं अगामी दिन मा पनि बढी भन्दा बढी बेरोजगार युबा र युवती लाई तालीम दिएर आत्म निर्भर बनाउने आश्वासन दिए।
तालिमा उद्योग अधिकृत झा, कोष लेखा नियन्त्रक पंकज चौधरी ,प्रविण झा,शत्रुधन गुप्ता, रविचन्द्र प्र साह, चंदन ठाकुर लगायतले व्यबसाय कसरी गर्ने सो बारे प्रशिक्षण दिएका थिए ।