Home » Blog » रमेश रिजालको “बालहठ”ले पर्सामा कांग्रेसको बिल्लीबाँठ

रमेश रिजालको “बालहठ”ले पर्सामा कांग्रेसको बिल्लीबाँठ

अंकुश दैनिक
0 comment 10 views

वीरगंज, १७ भदौ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालको “बालहठ”को कारण नेपाली कांग्रेस वीरगंज महानगरपालिका डुब्ने स्थितिमा पुगेको छ ।
रिजालको आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि स्थानीय तहमा नेपाली कांग्रेसको जित्ने अवस्था छैन । पर्साको संसदीय क्षेत्र नं. ५ बाट गत संविधान सभामा पराजित रिजालको क्षेत्रका जनताले अब उनलाई पचाउने स्थिति नभएपछि तेलाबेला गरेर पर्सा क्षेत्र नं. १ बाट उनि निर्वाचन लडन खोज्दैछन ।
नेपाली कांग्रेस पर्सामा डुबेपछि मात्र त्यो सुनौलो अवसर प्राप्त हुने अवस्थाको आंकलन गरेर मेयर पदमा अजय द्विवेदीलाई हराउने षडयन्त्र स्वरुप उनले उपमेयरमा हालसालै भारतबाट बिबिए सकाएकी समाजले चिन्दै नचिनेको एक युवतीलाई वीरगंज महानगरपालिकाको उपमेयरमा लडाएर द्विवेदीलाई हराउने तानाबाना बुनेका छन् । रिजाल पार्टीको केन्द्रिय सदस्य र अनुशासन विभाग प्रमुख पदमा आसिन भएर यस्तो अनुशासन हिन काम गरिरहदा पनि उनीमाथि अंकुश लगाइएन भने नेपाली कांग्रेस पर्सामा डुब्ने लगभग तय भएको जानकारहरु बताउछन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.