Home » Blog » बामगठबन्धनले मुलुकलाई कब्जा गर्ने योजनामा लागे : नेता अनिल रुंगटा

बामगठबन्धनले मुलुकलाई कब्जा गर्ने योजनामा लागे : नेता अनिल रुंगटा

अंकुश दैनिक
0 comment 6 views

वीरगन्ज  ।
पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली काग्रेस नेता अनिल रुंगटा आईतबार पनि आफनो चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिदै विभिन्न वडाहरुमा घरदैलो तथा चुनावी सभा गरेका छन । सांसद उम्मेदवार रुंगटा र क्षेत्र नम्बर १ कै (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले आफनो चुनावी क्षेत्र नम्बर १ को वडा नम्बर २० हरपतगंज र वडा नम्बर १३ राधेमाईमा बृहत रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।
मतदाताहरुको घर घरमा पुगि उम्मेदवार द्धय रुंगटा र कुर्मीले अबको जित विकास र आर्थिक क्रान्तिको जित रहेको हुनाले काग्रेसलाई भोट दिन आग्रह गरेका छन । काग्रेस पार्टी नै मुलुकको हितको पार्टी भएको र अन्तराष्ट्रिय देशहरुको विश्वास पनि काग्रेसमाथि नै रहेको हुनाले काग्रेस विना मुलुकको विकास हुन नसक्ने भएकोले काग्रेसलाई नै मतदान गर्न मतदाता संग उम्मेदवार रुंगटाले आग्रह गर्नुभयो ।
बामगठबन्धनले मुलुकलाई कब्जा गर्ने योजनामा लागेका छन, घरदैलो पश्चात आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार रुंगटाले भन्ने बामगठबन्धन कम्युनिष्ट देशहरुको ईसारामा बनेको हो बामपतीहरुको बहुमत आए मुलुकको लोकतन्त्र नै धरापमा पर्ने भएकोले लोकतन्त्रको रक्षाको निम्ती पनि काग्रेसलाई बिजय गराउन आवश्यक रहेको बताए ।
अर्को प्रसंगमा उम्मेदवार रुंगटाले मधेशवादी दलहरुले फुर्ति लगाउदैमा वा २/४ वटा मधेशबाट सिट ल्याउदैमा मधेशको माग पुरा गराउन नसक्ने बताए । उनले भने मधेश र मधेशीको हकअधिकार दिलाउनको लागि बहुमत हुन जरुरी छ र त्यो बहुमत नेपाली काग्रेस संग छ जसले भोलिका दिनमा काग्रेस पार्टीले आफनो दुईतिहाई बहुमत पुर्‍याई सविधान संशोधन गरी मधेश र मधेशीको हकअधिकार सुनिश्चित गर्छ । हिजोपनि मधेशवादी दलहरु सरकारमा गएकै हुन तर के गरे मधेश र मधेशीको लागि स्थानियलाई सम्झाउदै उम्मेदवार रुंगटाले भने मधेश र मधेशीको नाममा राजनितक बाहेक केहि गरेका छैनन् मधेशी पार्टी नेताहरु । मधेश आन्दोलनको कारण सविधान संशोधन भएको होईन सविधान संशोधन नेपाली काग्रेसको कारण भएको दावी गर्दै नेता रुगंटाले बाकी रहेको मधेशको माग काग्रेसले नै पुरा गर्ने वाचा गर्नुभयो ।
वडा नम्बर २० हरपतगंजका बुथ सभापती हरिशंकर यादव र वडा नम्बर १३ राधेमाईका बुथ सभापती करिब अंसारीको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा नेपाली काग्रेसका नेता एव पूर्व ठाराब प्रमुख ललन दुवेदी, नेता श्याम पोखरेल, समानुपाति सांसद उम्मेदवार राकेश सिंह, पूर्व राज्य मन्त्री दुर्गा देवी महतो, नेता राजु गुप्ता, तरुण दलका विरेन्द्र पटेल, विषेश्वर पटेल, नेवि संघका राकेश यादव, दिलिप कार्की लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
यसैगरी विभिन्न पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका नव प्रवेशीलाई जिल्लाका नेतहरुले भब्य रुपमा स्वागत गरेका छन । साल्ट ट्रेडि· श्रीपुर अवस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पपु सिंहको नेतृत्वमा आएको करिब १ सय युवाहरु काग्रेसका प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई पार्टीका जिल्ला सभापती अजय दुवेदी, सांसद उम्मेदवार अनिल रुंगटा, प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ, पार्टीका कोषाध्यक्ष ईम्तियाज आलम लगायतको नेताहरुले अबिर, फुलमाला लगायत भव्य स्वागत गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.