Home » Blog » लोकतन्त्र मास्न बामपन्थीहरु एकजुट : नेता रिजाल

लोकतन्त्र मास्न बामपन्थीहरु एकजुट : नेता रिजाल

अंकुश दैनिक
0 comment 8 views

वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रनिनिधी सभा सदस्य पदका उम्मेदवार रमेश रिजालले नेपालबाट लोकतन्त्रलाई मास्नका लागि बामपन्थीहरु एकजुट हुने प्रयास गरिरहेको बताउनु भयो ।
आज पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत ठोरी गाँउपालिकाको वडा नं. १, २ र ३ मा कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले कम्युनिष्टहरुको वास्तविकता लाई हेरेर तराईका सम्पुर्ण कम्युनिष्ट पक्षधर जनता पनि एमाले लगायत बाम गठबन्धनका कुनै उम्मेदवारलाई पनि भोट नदिने मनस्थितीमा रहेको वास्तविकतालाई हेरेर देशभरीका कम्युनिष्टहरुको होस उडेको बताउनुभयो ।
सम्बोधनका क्रममा नेता रिजालले मतदाताहरु आफ्नो मतको सदुपयोग गरी अधिकार प्राप्तिको लडाईमा जित हासिल गर्नको लागि नेपाली कांग्रेसमा मतदान गर्न आग्रह गर्नुभयो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा उमेदवार शकर चौधरी महासिमित सदस्य बृहस्पती श्रेष्ठ , क्षेत्रीय सभापित रमेश पाडेय, क्षेत्रीय सचिव श्री कान्त प्रसाद यादव, रामबहादुर श्रेष्ठ , जरि लामा , नवीन सिह , बलिषटर अहमद , इमरान आलम , आम्रत सापकाटा, माईकल श्रेष्ठ , जिवन सापकोटा , लगायत को नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.