Home » Blog » कम्युनिष्टहरु भत्काउन जानेका छन,  बनाउने काम कांग्रेसले गर्छ : नेता रुगंटा

कम्युनिष्टहरु भत्काउन जानेका छन,  बनाउने काम कांग्रेसले गर्छ : नेता रुगंटा

अंकुश दैनिक
0 comment 4 views

वीरगन्ज  ।
नेपाली कांग्रेसका युवा नेता एवं पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल रुंगटाले कम्युनिष्ट सरकार आर्थिक विकास सुनिश्चित गर्ने कारण र माध्यम पनि बन्न नसक्ने बताएका छन । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरमा मंगलबार कांग्रेसले आफनो चुनावी प्रचार–प्रसार अभियानलाई तिव्रता दिदै आयोजना गरेका पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे नेता रुंगटाले यस्तो बताउनु भएको हो ।
बामपन्थी मुलुकमा हाभी भए राष्ट्रिय र अन्तराष्ट्रिय लगानी व्यापक मात्रामा घट्ने र पूंजी पलायनको कारण बन्न सक्ने बताउदै नेता रुंगटाले मुलुकको आर्थिक उन्नति उकास्न र लोकतन्त्रकै रक्षाको लागि कांग्रेसलाई भोट हाल्न आग्रह गर्नुभयो । उम्मेदवार रुंगटाले भने नेकपा एमाले र माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भई सकेको हुनाले राष्ट्रको हित भन्दा पनि लेबि बुझाउने आफना सक्रिय नेता र कार्यकर्ताका भातृ संगठनको माध्यमबाट विभिन्न सरकारी, गैर सरकारी तथा उद्योग लगायतको क्षेत्रमा लगानी गरी स्वार्थ भएको व्यावसायिक घरानाको भुमिकामा आफूलाई परिवर्तित गर्दै लगेका छन ।
मधेश आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै मधेशी जनता प्रति निरन्तर अशोभनिय टिप्पणी गर्दे एमाले अहिले अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको बताउदै सांसद रुंगटाले एमाले र माओवादीको अतिवाद विचारले देशको एकता र समाजिक सदभाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति समेत पुर्‍याएको बताए ।
अहिले पनि कम्युनिष्ट गठबन्धनको नाममा एमाले र माओवादीले कम्युनिष्ट वर्चस्वको सरकार ल्याउन खोजेका छन । बामगठबन्धनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनितिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खाजेको सांसद उम्मेदावर रुंगटाले बताए । बुथ सभापती हैदर अंसारीको सभापतीत्वमा आयोजित पार्टी प्रवेश कार्यक्रममा २०५४ सालमा राप्रपाबाट निर्वाचित गाविस अध्यक्ष तेजनारायण पंजियारको नेतृत्वमा आएका सयौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई सांसद उम्मेदवार रुंगटा, प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी, नगर सभापती भोला साह कलवार, स्थानिय अगुवा नेता मोहन पंजियार, नेवि संघका राकेश यादव, दिलिपराज कार्की लगायतले फुलमाला लगाई भब्य स्वागत गरेका थिए ।
यसैगरी काग्रेसले क्षेत्र नम्बर १ को प्रसौनी र छपकैयामा घरदैलो कार्यक्रम गरेको छ । वडा नम्बर २३ प्रसौनिका बुथ सभापती मुनिलाल यादव र वडा नम्बर २ छपकैयामा ईम्तियाज आलमको अगुवाईमा बृहत रुपमा घरदैलो कार्यक्रम गरिएको हो ।
घरदैलामा उम्मेदवार अनिल रुंगटा र प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ घर–घरमा पुगि देशको उन्नति प्रगति तथा लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई नै भोट दिन आग्रह गर्नुभयो । घरदैलोमा पार्टीका जिल्ला सभापती अजय द्विवेदी, पूर्व राज्य मन्त्री दुर्गा देवी, समानुपातिक सांसद उम्मेदवार राकेश सिंह, राजकृष्ण अमात्य, श्याम पोखरेल लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.