Home » Blog » प्रतिबन्धित लागुऔषधसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित भारतीय नागरिक पक्राउ

Ankushdaily
0 comment 27 views
विरगंज ।
प्रतिबन्धित लागुऔषधसहित बारा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति बिहार राज्यको मोतिहारी जिल्ला, हरपुर पञ्चायत–१२ का ३२ वर्षीय मोहम्मद इमरान रहेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो करिब साढे ३ बजे विश्रामपुर गाउँपालिका–१, बटमचोकबाट उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले बीआर–०५–एएम–६१५२ नम्बरको मोटरसाइकलमा सवार इमरानलाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
उनको झोलाबाट अल्प्राजोलाम १ एमजीका ६२० ट्याबलेट र अल्प्राजोलाम ०.५ एमजीका ७८० ट्याबलेट बरामद भएको एसपी कुँवरले बताए।
हाल इमरानलाई छतवा प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.