Home » Blog » चुनाव सार्ने प्रयास भए चुप नबस्ने प्रचण्डको चेतावनी

चुनाव सार्ने प्रयास भए चुप नबस्ने प्रचण्डको चेतावनी

Ankushdaily
0 comment 8 views
काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सार्ने वा ढिलाइ गर्ने प्रयास भए चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले देशभर जनताको ठूलो समर्थन आफूहरूले देखाइसकेको दाबी गरे। उनले भने, “हामीले देशव्यापी रूपमा जनताको विशाल उपस्थितिको प्रदर्शन गरिसकेका छौँ। यसलाई हल्का रूपमा नलिइयोस्। संविधानसँग फेरि खेलबाड गर्दै यस शक्तिलाई उक्साइयो भने जनता सडकमा उत्रिनेछन्।”
प्रचण्डले यो शक्ति त्यही हो, जसले विगतमा जनयुद्धमार्फत राजसंस्था अन्त्य गरेको स्मरण गराए। साथै, निर्वाचन सम्पन्न गराउन सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै उनले चुनाव धकेल्दा देश गम्भीर संकटतर्फ जाने चेतावनी दिए। अब नेकपा रमिते बनेर नबस्ने उनको भनाइ थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.