Home » Blog » एमालेका पूर्व जिल्ला अध्यक्ष जय प्रकाश थारु नेकपामा प्रवेश

एमालेका पूर्व जिल्ला अध्यक्ष जय प्रकाश थारु नेकपामा प्रवेश

Ankushdaily
0 comment 32 views
राम विश्वास चौधरी,
पोखरिया ।
नेकपा एमाले पर्साका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व संविधानसभा सदस्य जय प्रकाश थारु नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ। लामो समयदेखि एमालेमा सक्रिय रहँदै मधेस प्रदेश समिति सचिवालय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएका थारुसहित जीराभवानी गाउँपालिका तथा पर्साका विभिन्न ठाउँका सात दर्जनभन्दा बढी नेता–कार्यकर्ता शुक्रबार नेकपामा प्रवेश गरेका हुन्।
काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले थारुसहितका नवप्रवेशीहरूलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो। थारुसँगै ठोरी गाउँपालिकाका चर्चित एवं सादगी छविका पुराना नेता लेखमान थापा पनि एमाले परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको कार्यक्रममा सहभागी ठोरीका नेता घनश्याम रिसालले जानकारी दिनुभयो।
भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै आउनुभएका थारुले एमाले नेतृत्वको कार्यशैलीप्रति विमति राख्दै पार्टी छोड्ने निर्णय गरेको बताउनुभएको छ। दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका रमेश रिजाललाई पराजित गरी विजयी हुनुभएका थारुले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दिने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
२०७४ र २०७९ को प्रदेश सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ ‘क’ बाट पराजित हुनुभएका थारुको नेकपा प्रवेशले पर्साको चुनावी समीकरणमा नयाँ हलचल ल्याउने अनुमान गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.