Home » Blog » कांग्रेस महामन्त्री पौडेलको आह्वानः चुपचाप हैन गर्वका साथ रूखमा छाप

कांग्रेस महामन्त्री पौडेलको आह्वानः चुपचाप हैन गर्वका साथ रूखमा छाप

Ankushdaily
0 comment 10 views
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा निर्वाचन काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले बहस बिना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनु पर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले देश विकासका १० भिजन सहितका एजेण्डाबारे बहस गर्न कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुरू गरिएको चुपचाप मतदानको विषयतर्फ संकेत गर्दै महामन्त्री पौडेलले भनेका छन्, ‘लोकतन्त्रमा कुनै पनि विषयमा प्रष्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ ।’
उनले कांग्रेस देशको अबको मार्गचित्रबारे प्रष्ट रहेको र देश निर्माणका १० भिजनबारे बहस गर्न खुला रहेको भन्दै यसमा आफूहरूले गर्वसमेत गर्ने बताए ।
महामन्त्री पौडेलले लेखेका छन्, ‘त्यसैले, अब चुपचाप हैन फागुन २१ गते गर्वका साथ रूखमा छाप !’

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.