Home » Blog » रास्वपा उम्मेदवार पन्तको घरदैलो तथा कोणसभा सम्पन्न

रास्वपा उम्मेदवार पन्तको घरदैलो तथा कोणसभा सम्पन्न

Ankushdaily
0 comment 10 views
विरगंज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका छन्। निर्वाचन नजिकिएसँगै उनले मतदाता भेटघाट, कोणसभा तथा घरदैलो कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएका हुन्।
यसै सन्दर्भमा पन्तले वीरगन्ज महानगरपालिका वडा नम्बर ३० स्थित लालपर्सामा आयोजित कोणसभालाई सम्बोधन गरेका छन्। दीपेन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न उक्त सभामा बोल्दै उम्मेदवार पन्तले परम्परागत राजनीतिक अभ्यास र शैलीबाट मात्रै देशको विकास सम्भव नभएको धारणा राखे। उनले राष्ट्रमा ठोस परिवर्तन ल्याउनका लागि यस पटक मतदाताले नयाँ सोच र भिजनसहित चुनावी मैदानमा आएको रास्वपालाई मत दिनुपर्नेमा जोड दिए।
रास्वपाका जिल्ला सहसचिव एवं समानुपातिक उम्मेदवार कृष्णा पासवानले सञ्चालन गरेको सो कार्यक्रममा स्थानीय अगुवाहरू विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुरलगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले आफ्नो क्षेत्रको समग्र विकासका लागि पन्तको विकल्प नभएको दाबी गर्दै यस पटक ‘घण्टी’ चुनाव चिह्नमा मतदान गरी उनलाई विजयी गराउन आफूहरू पूर्ण रूपमा कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, उम्मेदवार पन्तले वीरगन्ज महानगरपालिका वडा नम्बर २ स्थित घुसुकपुरमा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। रास्वपा नेताहरू महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा आयोजित उक्त घरदैलोका क्रममा स्थानीय बासिन्दाले पन्तलाई उत्साहजनक रूपमा स्वागत गरेका थिए। घरदैलो तथा भेटघाटका क्रममा मतदाताहरूले यस पटकको निर्वाचनमा पन्तलाई मतदान गरी संसद्मा पठाउन आफूहरूले पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.