Home » Blog » पर्सामा भोलिदेखि मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध

पर्सामा भोलिदेखि मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध

Ankushdaily
0 comments 18 views

विरगंज ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय, पर्साले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक लगाएको छ। निर्वाचन आयोगको विज्ञप्ति, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा समितिको मिति २०८२ फागुन १४ गतेको निर्णयानुसार सार्वजनिक शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन यो कदम चालिएको हो। प्रशासनले जारी गरेको सूचना अनुसार, फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर मदिराजन्य पदार्थको ओसारपसार, बिक्री र सेवनलाई पूर्णतः निषेध गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा हस्ताक्षरित यस सूचनामा उल्लेख भए अनुसार, यदि कसैले प्रशासनको यो निर्देशनको अवज्ञा गरी मदिराको कारोबार वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि र सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न प्रशासनले यो पूर्वसावधानी अपनाएको हो।

सम्बन्धित पोस्टहरू