Home » Blog » रुंगटा र पन्तबीच कडा टक्कर, यादव पछ्याउँदै

रुंगटा र पन्तबीच कडा टक्कर, यादव पछ्याउँदै

Ankushdaily
0 comments 377 views
विरगंज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ को आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक कडा द्विपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यस क्षेत्रमा मुख्यतया नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा टक्कर हुने देखिएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो उपस्थिति जनाउँदै उनीहरूलाई पछ्याइरहेको अवस्था छ। मुख्य दलहरूले आ-आफ्ना बलिया उम्मेदवारहरू खडा गरेपछि यहाँको चुनावी माहोल निकै रोचक र बहुचर्चित बन्न पुगेको छ।
चुनावी मैदानमा नेपाली कांग्रेसका तर्फबाट सफल व्यवसायी, समाजसेवी तथा पूर्व संविधानसभा सदस्य अनिल रुंगटा उम्मेदवार छन्। त्यसैगरी, रास्वपाले स्थानीय होटल व्यवसायी हरि पन्तलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ भने जसपाका तर्फबाट रामनरेश यादव उम्मेदवार रहेका छन्। उम्मेदवारहरूको आ-आफ्नै सबल पृष्ठभूमि र जनप्रभावका कारण मतदाताहरूमा कसले बाजी मार्ला भन्ने विषयमा व्यापक कौतूहल छाएको छ।
यसै सन्दर्भमा स्थानीय मतदाताहरूको विश्लेषण पनि निकै अर्थपूर्ण देखिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का निवासी बब्लु कुमार महतोका अनुसार, पछिल्लो समय युवा पुस्तामाझ उदाएको ‘जेन-जी’ आन्दोलन र बालेन शाहको प्रधानमन्त्री पदको दाबेदारीले सिर्जना गरेको लहरका कारण रास्वपाका उम्मेदवारले यस क्षेत्रमा कडा चुनौती दिने सम्भावना छ। यद्यपि, गगन थापाको नेतृत्वमा रूपान्तरित भएको नेपाली कांग्रेस र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा थापाको परिपक्व छविको प्रत्यक्ष फाइदा कांग्रेसलाई पुग्ने देखिन्छ। कांग्रेसको बलियो सांगठनिक आधार र उम्मेदवार रुंगटाको अनुभवी तथा समाजसेवी अनुहारका कारण अन्ततः यो कडा प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवारले नै सहज जित निकाल्ने स्थानीयहरूको बुझाइ छ।

सम्बन्धित पोस्टहरू