Home » Blog » आठौ दिन पनि नेता शमानी धर्नामा

आठौ दिन पनि नेता शमानी धर्नामा

अंकुश दैनिक
0 comment 6 views

वीरगंज २८ बैशाख ।

नारायणी अस्पताललाई आम जनताका लागि सुचारु गर्न माग गर्दै जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन शमानी आज आठौ दिन पनि धर्नामा बसेका छन ।  नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म धर्नामा बसने जनता समाजवादी पार्टीका नेता शमानीले बताउनु भयो । याे धर्ना अभियान प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म जारी रहने नेता शमानीले जनाए ।

लकडाउनको कारण बैशाख २१ गते देखि प्रत्येक दिन आफनो घरको गेटमा कालो झंडा बान्धि धर्नामा बसेको र यो धर्ना पार्टीको नभई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम जनसमुदायको भएकोले यस बिरोध धर्ना कार्यक्रममा साथ दिने सम्पूर्ण पार्टीका नेता, नागरिक समाजको अगुवा, पत्रकार, आम जन समुदायलाई धन्यवाद दिनु भएको छ । उहाँले जनताको ज्यानसंग खेलवाड नगर्न सरकारसंग अनुरोध समेत गर्नु भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.