Home » Blog » कोरोनाकाे असरबारे नेपाली कांग्रेसले बनाएकाे अध्ययन टाेलीमा नेता रुङ्गटाकाे मनाेनयन

कोरोनाकाे असरबारे नेपाली कांग्रेसले बनाएकाे अध्ययन टाेलीमा नेता रुङ्गटाकाे मनाेनयन

अंकुश दैनिक
0 comment 8 views

वीरगञ्ज, ३ जेठ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति श्री शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार:दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गर्नुभएको छ।

उक्त समितिको संयोजकमा सांसदसमेत रहेका नेपालका एकमात्र  अर्वपति विनोद चौधरी रहेका छन् र समितिमा १५ जना सदस्यहरु रहेका छन् । समितिमा नेपाली कांग्रेसका नेता एवम् पर्साका उद्योगपति अनिल रुङ्गटा पनि रहेका छन् ।

यो समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिनेछ ।

जारी विज्ञप्तीअनुसार समितिको सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.