Home » Blog » सरकारले भिजनसहितको बजेट ल्याउन सकेन: कांग्रेस

सरकारले भिजनसहितको बजेट ल्याउन सकेन: कांग्रेस

अंकुश दैनिक
0 comment 9 views

काठमाडौँ, १५ जेठ:

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले आगामी वर्षका लागि बिहीबार ल्याएको बजेटले कोरोनाभाइरसको महामारीको अप्ठेरो बेलामा नयाँ दिशा दिन नसकेको प्रतिक्रिया दिएको छ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरिसकेपछि प्रतिक्रिया दिँदै छाया सरकारका अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद मीनेन्द्र रिजालले कोरोना महामारी अर्थतन्त्र खुम्चिने सर्वत्र अनुमान भइरहेका बेला २२ प्रतिशत राजश्व बढाउने गरी बजेट ल्याउनु वुद्धिमतापूर्ण नभएको बताए।

अहिले कोरोना महामारी केन्द्रीत भएर बजेट ल्याएर पछि पूरक बजेट पनि ल्याउन सकिन्थ्यो,’ उनले भने,‘तर सरकारले वास्तिकताका आधारमा बजेट ल्याएन।’

`दुई तिहाइको बलियो सरकारले कठिनाइको  बेला भिजन बिनाकाे बजेट लेयाएको,’ रिजालले भने।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.