बिरगंज ।
नेपाली काँग्रेस निकट नेपाल विधार्थी संघले बिहीबार वीरगंजमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा र मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाएर संघीय र प्रदेश सरकारको बिरोध प्रदर्शन गरेका छन ।
लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइसक्दा पनि सरकार भने राहत दिनुको सट्टा कर चुक्ता गर्न ताकेतामा व्यस्त भएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।
बिरगंजको घण्टाघर चोकमा भेला भएका नेविसंघका विधार्थी नेता तथा कार्यकर्ताले अर्थमन्त्री डाक्टर युवराज खतिवडा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाएका र नाराबाजी गर्दै आदर्शनगरमा पुगेका उनीहरुले कोणसभा गरेका थिए।
‘प्रदेश सरकार त महिनौं दिनदेखि सुतेर बसेको छ, उसलाई आफ्ना जनताको कुनै मतलब नै छैन’,‘संघीय सरकार पनि राहत दिनुको सट्टा कर असुल्ने नीतिमा मात्रै लागेको छ भने नेविसंघ पर्साका नेता विकास तिवारीले बताए ।
कार्यक्रम नेविसंघ पर्साका नेता विकास तिवारीको नेतृत्वमा सम्पन्न भएको थियो । सो अवसरमा नेवि संघका शेष हजरा, रमेश यादव लगायतको सहभागिता रहेको थियो ।