यितेन्द्र शर्मा
विश्वका दुई ठूला मेमोरी चिप निर्माताहरु सामसुङ्ग र माइक्रोन टेक्नोलोजीले चिनियाँ शहर सियानमा गरिएको कडा लकडाउन र प्रतिबन्धात्मक नियमहरुका कारण मेमोरी चिप उत्पादनमा बाधा पुग्नसक्ने चेतावनी दिएका छन् । शहरको लकडाउनले विश्वव्यापी आपुर्ति श्रृंखलाहरुमा थप दबाब दिएको र दुई वर्ष लामो महामारीको बीचमा अर्धचालक लगायत कच्चा पर्दाथको मुल्य बढेको छ । यसमा थप लकडाउन गरिदा निर्यात कर्ताहरुको लागि उच्च लागत भाडा लाग्ने र समस्या सृजना हुनसक्ने बताइएको छ ।
चिनियाँ लकडाउनले डाटा केन्द्रहरुमा व्यापक रुपमा प्रयोग हुने मेमोरी चिपहरुको आपुर्तिमा ढिलाई हुनसक्ने माइक्रोनले जनाएको छ । यस महिनाको शुरुमा जुन कडा प्रतिबन्धहरु लागु भएको थियो यसले गर्दा उत्पादन साइटमा कर्मचारीहरुको संख्यामा कमी हुनुको साथै उत्पादनको स्तरमा पनि ह«ास आएको माइक्रोनको दाबी छ । विदेशी संचारमाध्यम राइटर अनुसार सामसुङ्गको सियान सेमि कन्डक्टर सुविधा हाल सामान्य रुपमा संचालन भइरहेको चिनियाँ मिडिया समूह इकाइको गत साताको रिपोर्टमा उल्लेख छ । विश्लेषण प्रदायक टे«ण्ड फोर्सले पनि सामसुङ्गको सियान प्लान्टले अहिलेको लागि महत्वपूर्ण अवरोधविना उत्पादन गरिरहेको भएपनि महामारी नियन्त्रण नगरिए उत्पादनमा ह«ास आउन सक्ने सम्भावना रहेको छ ।
चीनमा कोरोना महामारी तिब्र रुपमा बढ्दै गएपछि चिनियाँ सरकारले लकडाउनसहितका प्रतिबन्धात्मक नियमहरु लागु गरेको हो, जसले गर्दा चिनियाँ जननीवन फेरी कष्टकर बन्दै गएको छ ।
चीनमा कोभिड–१९ को प्रभावलाई फैलिन नदिइएको र कठोरतापूर्वक लागु गरिएको दाबी गरिएको थियो, तर कोरोनाको यस नयाँ ओमिक्रोन भेरिएनटले चीनलाई पनि असर पार्न सकिरहेको छ । स्वभाविक रुपमा उसले पनि आफ्नो देशमा लकडाउन घोषणा गर्नुको विकल्प छैन । लकडाउनका कारण मेमोरी चिपको उत्पादनमा बाधा उत्पन्न भइरहेको छ । जसले गर्दा सामसुङ्ग र माइक्रोनजस्ता विश्वका दुई ठुला मेमोरी चिप निर्माताहरुलाई ठुलो क्षति भइरहेको छ । र उपरोक्त कम्पनीहरु चिन्तित देखिन्छ ।
8