Home » Blog » अफगानी क्षेत्रमा पाकिस्तानको हवाई आक्रमणले उत्पन्न तनाव

अफगानी क्षेत्रमा पाकिस्तानको हवाई आक्रमणले उत्पन्न तनाव

अंकुश दैनिक
0 comments 5 views

यितेन्द्र शर्मा
गएको अप्रिलमा अफगानिस्तानको क्षेत्रमा पाकिस्तानले हवाई आक्रमण गरेपछि दुवै देशबीच राजनीतिक विवाद उत्पन्न भएको छ । हवाई आक्रमणमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको तालिबान सरकारको आरोप छ ।
अफगान डायसपोरा नेटवर्कमा हमिद पख्तुन लेख्छन यो हवाई आक्रमण तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) अथवा पाकिस्तानी तालिबानमा हिंसात्मक कृत्यको प्रतिशोधको लागि गरिएको थियो । पाकिस्तानद्वारा अचानक गरिएको यस आाक्रमणमा ४५ जना निर्दोष अफगानी नागरिक मारिएका थिए । जसमा २० जना त बच्चा नै थिए । अफगानिस्तानको तालिबान सरकारले यस आक्रमणको कडा आलोचना गर्दै काबुलमा पाकिस्तानको राजदूतलाई आफ्नो आपत्ति पत्र पनि सुम्पन समन नै जारी गरेको थियो । संयुक्त राष्ट्रमा अफगानिस्तानका स्थायी मिसनका प्रमुख नसीर अहमदको फैकले सुरक्षा परिषदको अध्यक्षलाई लेखेका हुन् कि अफगानिस्तानको सीमा क्षेत्र भित्र पाकिस्तानी सेनाको हवाई आक्रमण अफगानिस्तानको क्षेत्रीय अखण्डता विरुद्धको आक्रमण हो ।
पाकिस्तान अफगानिस्तान सम्बन्धमा आएको यो नयाँ घटनाक्रमलाई अप्रत्याशित मानिदैछ किनभने पाकिस्तानकै समर्थन र सहयोगबाट अफगानिस्तानको वर्तमान सरकार अस्तित्वमा आएको छ । अफगानिस्तान पाकिस्तानको सीमाक्षेत्रमा डुरन्ड रेखाको वारि र पारि तालिबानहरुको बसोबास रहेको छ । पाकिस्तानले अफगानिस्तानका तालिबानलाई सत्तामा काबिज हुन मदद गर्दै आएको छ । पाकिस्तान कै समर्थन र सहयोगबाट तालिबानले अफगानिस्तानमा सरकारको गठन त ग¥यो तर अब अफगानिस्तानको शासन सत्तामा कब्जा जमाएपछि अब त्यहाँको तालिबान सरकारले पाकिस्तानको क्षेत्रमा रहेका तालिबानहरुको हक हित र अधिकारको पक्षमा आफ्नो ऐक्यवद्धता जनाउँदै आएको छ, जुन कुरा पाकिस्तान सरकारलाई मन परिरहेको छैन । अफगानिस्तानको तालिबान क्षेत्रमा पाकिस्तानद्वारा गरिएको हवाई आक्रमणको अफगानिस्तानले चर्को विरोध गरेको छ । पाकिस्तानको हवाई आक्रमणबाट दुई देशबीच ठुलो विवाद उत्पन्न भएको छ र अफगानिस्तानमा पाकिस्तान विरोधी मानसिकता विकसित भइरहेको छ ।

सम्बन्धित पोस्टहरू