Home » Blog » हिन्दू अधिराज्य स्थापना गर्नु पर्ने माग गर्दै बिरोध जुलुस

हिन्दू अधिराज्य स्थापना गर्नु पर्ने माग गर्दै बिरोध जुलुस

अंकुश दैनिक
0 comment 8 views

बीरगंज,  भाद्र ।
हिन्दू अधिराज्य स्थापना गर्नु माग गर्दै आज बीरगंजको घण्टाघरबाट बिरोध जुलुस निकालीएको छ । निकालीएको बिरोध जुलुस माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै पुन: घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । हजारौंको संख्यामा निस्किएको जुलुसमा सहभागीहरुले हिन्दु अधिराज्य कायम गर, जय श्री राम, गणन्त्र नेपाल मुर्दाबाद जस्ता नाराहरु लगाइएको थियो ।
शव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) को नेतृत्वमा निकालीएको जुलुसमा नेपाल बिद्वत परिषदका केन्द्रीय अध्यक्ष जित बहादुर अर्जेल, हिन्दु पुन स्थापना मंचका राष्द्रिय अध्यक्ष बिष्णु बराल, राष्द्रिय सरोकार मंचका राष्ट्रिय अध्यक्ष सोम बिक्रम सिंह, बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पृथ्बी प्रसाद झाको लगायत स्थानियहरुले जय श्री राम तथा नेपालको झण्डा बोकेका थियो ।
स्वामी बालयोगी श्री श्रीनिवासाचर्यले स्वर्गीय तिवारीको शालिक अनावरण गर्नु भएको हो । अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.