Home » Blog » टर्की र सिरिया भूकम्प : ज्यान गुमाउनको सङ्ख्या ३७ सय नाघ्यो

टर्की र सिरिया भूकम्प : ज्यान गुमाउनको सङ्ख्या ३७ सय नाघ्यो

अंकुश दैनिक
0 comments 16 views

एजेन्सी ।

टर्कीमा साेमबार ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ ।

टर्की र सिरियामा गरी अहिलेसम्म करिब ४ हजार जना मानिसहरूको मृत्यु भएको तथ्यांक सार्वजनिक भएकाे हाे । टर्कीमा २ हजार ३ सय २३ र सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएकाे पुष्टि भएको छ । तर मृतक संख्या कैयौं गुणा माथि पुग्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले त मृतक संख्या अहिलेको भन्दा ८ गुणा बढ्ने अनुमान गरेको छ ।

टर्कीमा मात्रै ५ हजार ६ सय ६ घर तथा भवनहरु भत्किएको प्रारम्भिक आँकडा युनिसेफले निकालेको छ । सिरियामा पनि भौतिक संरचनाहरुको क्षति उस्तै छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टेप केन्द्रविन्दु बनाएर साेमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । टर्कीको विपद् व्यवस्थापन एजेन्सी ए.एफ.ए.डीका अनुसार भूकम्पले अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टेपमा सबै भन्दा बढी मानवीय क्षति पुर्याएको छ ।

भारी हिमपात, कठ्याङ्ग्रिने चिसोले भग्नावशेषमा पुरिएकाहरुको खोजी, उद्धार र व्यवस्थापन कठिन बनेको छ । उद्धारकर्मीहरुले भग्नावशेषबाट केही मानिसहरुलाई जीवित्तै पनि निकालेका छन् । यसैबीच, टर्कीले उद्धार र राहत कार्यमा सहयोग गर्न विश्व समुदायलाई आह्वान समेत गरेको छ ।

सम्बन्धित पोस्टहरू