Home » Blog » कर्नाटकमा कंग्रेसको बहुमत

कर्नाटकमा कंग्रेसको बहुमत

अंकुश दैनिक
0 comments 6 views

एजेन्सि ।  

कर्नाटक विधानसभा चुनावमा भारतीय कङग्रेस (कंग्रेसआई)ले बहुमत पाएको छ । कर्नाटकमा कंग्रेसले १३६ सिट जितेको छ  । विगत ३४ वर्षमा कर्नाटकमा कांग्रेसको यो सबैभन्दा ठूलो जित हो। कर्नाटकमा कांग्रेसले २२४ सिटमध्ये १३५ सिट जितेको हो । यहाँ बहुमतका लागि ११३ सिट आवश्यक हुन्छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार भारतीय जनता पार्टी (भाजपा) ले ६६ सिट जितेको छ ।  यसअघि सन् १९८९ मा कांग्रेसले १७८ सिट जितेको थियो भने भाजपाले ४ सिट मात्रै पाएको थियो । यो जितसँगै दक्षिणी राज्य (कर्नाटक, केरला, तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु) मा अब कंग्रेसको सरकार बन्ने छ।

भारी समर्थन देखिएपछि कंग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रीय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ । कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो ।  राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र कंग्रेस दुवैका लागि महत्त्वपूर्ण मानिए पनि कंग्रेसले आफ्नो पोल्टामा पारेको छ  ।

५ महिनाअघि हिमाचलमा पनि कांग्रेसले भाजपालाई पराजित गरेको थियो । मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा यसै वर्षको अन्त्यसम्ममा चुनाव हुँदै छ। २०१८ मा कांग्रेसले यी तीन वटै राज्य जितेको थियो। तर, पछि विधायकको हेराफेरीका कारण मध्य प्रदेशमा भाजपाले सरकार बनायो।

सम्बन्धित पोस्टहरू