111
नेपाली काँग्रेसको बिधानमा महामन्त्रीहरूको काम,कर्तब्य र अधिकारलाई यसरी प्रस्ट पारिएको छ:
लेखिएका यी जिम्मेवारी र कार्यक्षेत्रहरूलाई एकछिन थाँती राखौं मात्रै पहिलो नम्बरको बुँदामा आफूले आफैलाई राखेर हेरौं वा मनन् गरौं, महाधिवेशनको अढाइ वर्षमा हाम्रा महामन्त्रीहरू कतिपटक पार्टी कार्यालयको दैलोमा पुग्नुभएको छ? पार्टीका बैठक बाहेक! यो कुरा पार्टी नेतृत्वका प्रत्यक सदस्यदेखि हरेक पदाधिकारीले छातीमा हात राखेर आत्ममूल्याङ्कन गर्न जरुरी छ।
नेपाली काँग्रेस आफैमा एउटा ऐतिहासिक पार्टी हो। लोकतन्त्रको पहरेदारका रुपमा देशका हरेक मोडहरूमा नेपाली काँग्रेसले नै नेतृत्व गर्दै आएको छ। आजको राजनीतिमा नेपाली काँग्रेस कहाँ छ? पार्टी सदस्यता नलिएरै पनि वा नेपाली काँग्रेसलाई नचिनेरै पनि भोट हाल्दा ‘रुख’ खोज्नेहरूले धानेको पार्टी हो नेपाली काँग्रेस। यसका आफ्नै ऐतिहासिक आयामहरू छन्, आफैले कोरेका इतिहासका पानाहरू जिउँदा छन्। यस अर्थमा नेपाली काँग्रेस भनेको कुनै बामपन्थजस्तो सांगठिन पार्टी होइन, यो समुदायमा आफै जन्मिएर आफैमा झाङ्गिएको पार्टी हो। तर यसो भन्दैमा हामीले पार्टीका हरेक तहका नेतृत्व र संगठनलाई कमजोर बनाउने भनेको होइन वा त्यसै छोड्ने भनेको होइन।

डा. शोभाकर पराजुली