Home » Blog » सिंहदरबारमा बुख्याचा है ?

सिंहदरबारमा बुख्याचा है ?

Ankushdaily
0 comment 15 views

(स्तम्भकार कुमार रुपाखेती)

जेनजी आन्दोलनमा क्षणभरमै ओली सरकार वालुवाको भएको महल झै बेदखल भएको सबैलाई थाहै छ। तत्कालीन प्रधानमन्त्री ओलीलाई त्यतिखेर वालुवाटारबाट नेपाली सेनाले उद्धार गरी ब्यारेकमा लुकाएर ज्यान जोगाइदिएको थियो तर तिनै ओली अहिले जेनजी, सेना र सुसिला कार्कीलाई आँखाको कसिङ्गर ठान्न थालेका छन्। जेनजी आन्दोलनलाई सत्तोसराप गर्ने, सेनाको काम कारबाहीलाई शंकाको नजरले हेर्ने र सुसिला कार्कीको सरकारलाई सिंह दरबारको बुख्याचा भन्दै ओलीले आफ्नो बचेखुचेको समय व्यर्थमा खेर फाल्दैछन्।
सरकारमा रहँदा कुर्सीको रक्षा गर्न षड्यन्त्र गरिरहने, भ्रष्टाचारलाई प्रोत्साहन दिने, विचौलियाको इसारामा सरकार चलाउने र एमाले पार्टीलाई खेलौना बनाई बिलाउने काममा माहिर ओली अहिले सत्ताच्युत भएपछि पनि र चारोखाना चित्त भएपछि समेत “आफैँ राँड, देशै भाँड”, स्तरमा ‘राँडो रुवाई’ रोएको देखिन्छ। ओलीले एमालेलाई “एक्ला चलो रे” को अवस्थामा पुर्‍याएका छन्। प्रधानमन्त्री पदको बत्ती एक्कासी गुल भएपछि एमाले पार्टी अध्यक्ष पद समेत खोसिने लक्षण देखा पर्न थालेपछि “टाइगर अभि जिन्दा है” स्तरमा  जथाभावी बकबक गरेर अध्यक्ष पद हाफ्ने चक्करमा देखिन्छन्। अध्यक्ष पदमा जित्न हाथपाव मारिरहेका उनी जेनजी, सेना र सुसिला कार्कीलाई चर्को गाली–गलौज गर्दै वैतरणी पार गर्ने चक्करमा छन्।
एमाले कार्यकर्ताहरूले समेत पत्याउन छाडेपछि आगामी महाधिवेशनमा…  “घर न घाटका” हुने छाँटकाँट देखेपछि ओलीको बोली गोली झै अन्धो बनेको छ। मुलुक नै निर्वाचनमय भएको बखतमा एक्लो ओली “उल्टी गंगा बगाउँदै” निर्वाचन नहुने बेतुका कुरा गरेर जगहसाई गर्न थालेका छन्। नेपालमा हाम्रो तराईतिर फगुवा (होली) मा मूर्खाधिराज, महामूर्ख, परमूर्ख र मूर्ख आदि पदको प्रतियोगिता नै हुन्छ। विभिन्न किसिमका मूर्खहरूले मूर्खतापूर्ण प्रदर्शन गरेर मूर्खको पदवी प्राप्त गर्छन्। ओलीको हर्कत समेत अब्बल दर्जाको महामूर्ख झै भएकाले उनले राजनीति त्यागेर फगुवामा तराईमा पाल्नु भई मूर्ख सम्मेलनमा सहभागी हुन मेरो सादर निमन्त्रण छ। “कौवा चले हँसकी चाल, अथवा देशी मुर्गी बेलायती चाल” अब हजम हुदैन ओलीजी ।
सिंह दरबारमा सुसिला होइन, ओली बुख्याचा झै प्रतीत हुन्थे। ओली प्रधानमन्त्री पदमा रहँदा शेरबहादुर र कांग्रेसको बुख्याचा बाहेक केही थिएनन्। भ्रष्टाचारीका संरक्षक ओलीले भ्रष्टाचार विरोधी जेनजी आन्दोलनलाई होच्याउने, विचकाउने स्वभाव त्यागेर वास्तविकताको धरातलमा उत्रिएर नयाँ किसिमले सोच्नु जरुरी छ। तर भीरालो लागेको गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्नु बेकार छ । वाईहात कुरा गरेर गन्तीका दिन बाँचिरहेका ओलीले दुर्दान्त आचरण त प्रदर्शन गरिसके, गोली चलाई हत्यालाई अन्जाम दिइसके, कुम्ल्याइ सके, एमालेलाई कमजोर र टुक्रा–टुक्रा पारिसके। अब उनले गर्ने कुनै कुकर्म बाँकी रहेन। त्यसैले “राम नाम जपना, पराया माल अपना” को नीति त्यागेर रत्नाकर डाँकुबाट बाल्मिकी बन्नु तपाईंको सेहतका लागि बेहतर हुने मेरो अनुमान छ।
वास्तवमा मुलुक निर्वाचनमा गैसकेको छ। पर्सावासी भएको नाताले मैले पर्सा जिल्लाको आगामी निर्वाचनको गतिविधि बारे चियाउन खोजेको छु। भनिन्छ, वर्तमान अन्योलपूर्ण राजनीतिक वातावरणमा राजनैतिक लडाकुहरू को,कुन दल र चिन्हबाट चुनावमा भिड्दैछन यकिन गर्नै गाह्रो छ । किनकि दलबदल गरेर आगामी फागुनको आमनिर्वाचनमा होमिने पर्सेली नेता थुप्रै छन्। तर हिम्मतका साथ जसपा नेपालको छाता छापबाट संसदीय निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्ने पहिलो व्यक्ति मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत भएका छन । निर्वाचनमा समेत प्रथम हुने मेरो शुभकामना छ लालबाबुजीलाई । दलबदलुहरूलाई मेरो सुझाव “ये जिन्दगी भी कैसी है, क्या क्या दिन दिखाती है?”
सच्चाइ तो यह है कि प्रथम मुख्यमन्त्री राउत विधायक पदमे हि लडेंगे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.