124
यस्ताहरु सांसद, विधायक र मन्त्री समेत बने। यिनीहरू बाइज्जत सदनको बैठकमा भाग लिँदा समेत प्रहरीले फरार भन्दै अनदेखा गर्यो।
यस्ता बदनाम चेहराहरूलाई आखिरकार मतदाताले किन मतदान गरेर अपराधीबाट अधिकारी बनाउँछन् भन्ने कौतुहलता जाग्नु स्वभाविकै हो। माथि उल्लेखित महानुभावहरूको अपराधको फेहरिस्तहरु ठुलै छ। यस्ता महानुभावहरूलाई समर्थन गर्नेमा एमाले, कांग्रेस, माओवादी (हालको नेपाली कम्युनिष्ट पार्टी), रा.स्व.पा., साना मधेसी दल छन्।
संसद चलाउनेहरू सडकमा खेदिए, सडकका मान्छेहरू सरकार चलाउन पुगे। यो घटनालाई संसारकै अजुबा पनि भन्न सकिन्छ। ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भन्ने नेपाली उखान नै छ।
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई कानुनकी ज्ञाता मानिन्छ। अनि यिन्को पालामा पनि यस्ता दाग लागेका, बदनुमा चेहराहरूले आगामी फागुनमा हुने आम निर्वाचनमा सहजै उम्मेदवारी दिने, विजयी हुने सहुलियत पाउँछन् त?
जेनजी आन्दोलनमा कैदी भागे, हतियार लुटीयो भनि हायतौबा मच्चाउने एमालेले पहिले आफ्नो गिर्वान झाक्नुपर्यो । जाबो महाधिवेशन प्रतिनिधि छान्न सामदाम दण्डभेद प्रयोग गर्नेहरूले आम निर्वाचनमा वितण्डा मच्चाउन सक्छन् भनेर सरकार सचेत रहनुपर्छ।

(स्तम्भकार कुमार रुपाखेती)